कर्पोरेट डेभलपमेन्ट बैंकको सीईओमा लाल बहादुर थिङ

कर्पोरेट डेभलपमेन्ट बैंकको सीईओमा लाल बहादुर थिङ


काठमाडौं – कर्पोरेट डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लाल बहादुर थिङ नियुक्त भएका छन्।
बैंकको सञ्चालक समितिको असोज ३० गते बसेको बैठकले थिङलाई ४ वर्षका लागि सीईओ नियुक्त गरेको हो।

यसअघिका सीईओ त्रिलोकध्वज जोशीले साउन २५ मा राजीनामा दिएपछि उक्त पद रिक्त थियो। थिङ नियुक्त भएसँगै बैंकले करिब १८ महिनापछि सीईओ पाएको हो ।