काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकहरुमा सवा ५ अर्ब रुपैयाँ बढी लगानी गर्ने भएको छ।
केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गरी क, ख र ग वर्गका बैंकहरुमा उपदान तथा पेन्सन कोषमा रहेको ५ अर्ब ३१ करोड रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने जानकारी गराएको हो।
राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकमा ४ अर्ब २४ करोड ८० लाख रुपैयाँ, ख वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ७९ करोड ६५ लाख रुपैयाँ र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा २६ करोड ५५ लाख रुपैयाँ मुद्दति निक्षेपमा जानकारी गराएको छ।
२०८१ भदौसम्म नागरिक लगानी कोषको बैंकहरुमा लगानी ४०.६५ प्रतिशतले बढेर १ खर्ब २८ अर्ब २० करोड ९३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष भदौसम्म बैंकहरुमा नागरिक लगानी कोषको ९१ अर्ब १५ करोड २२ लाख रुपैयाँ थियो।
२०८१ भदौ मसान्तसम्म व्यक्तिगत निक्षेपको आकार पनि १४.०९ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष भदौसम्म व्यक्तिगत निक्षेपका रुपमा बैंकहरुमा ३५ खर्ब ७४ अर्ब ५९ करोड ४४ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म बढेर ४० खर्ब ७८ अर्ब १८ करोड २३ लाख रुपैयाँ पुगेको छ।



About Us
प्रतिक्रिया