दसैं बिदामा बैंकिङ्ग सेवा उपलब्ध गराउने लक्ष्मी सनराइज बैंकको निर्णय

दसैं बिदामा बैंकिङ्ग सेवा उपलब्ध गराउने लक्ष्मी सनराइज बैंकको निर्णय


काठमाडौं – लक्ष्मी सनराइज बैंकले दसैं बिदामा पनि बैंकिङ्ग सेवा दिने निर्णय गरेको छ । बैंकले एक सूचना जारी गर्दै दसैं बिदामा पनि काउन्टर खुल्ला रहने जानकारी दिएको हो । बैंकले दसैं बिदामा सबै शाखा नभई केही निश्चित शाखा सञ्चालन गर्ने भएको हो ।

बैंकले बडा दशैंको सार्वजनिक बिदाको दिनहरुमा पनि ग्राहकहरुको बैंकिङ्ग सहजताको लागि (नगद जम्मा र चेक भुक्तानी लगायतका अति आवश्यक कारोबारहरु गर्न मात्र) विभिन्न शाखाहरु सञ्चालन गर्ने तयारी गरेको जनाएको छ । बैंककाअनुसार शाखाहरु बिहान १० बजे देखि दिउँसो २ बजे सम्म खुल्ला रहने छन् ।

बैंकले शनिबार विजया दशमीको दिनबाहेक अन्य सबै दिन बैंकिङ्ग सेवा दिने भएको हो ।