हिमालयन बैंकले दसैं बिदामा पनि बैंकिङ्ग सेवा दिने, कुन शाखा खुल्छन् ?

हिमालयन बैंकले दसैं बिदामा पनि बैंकिङ्ग सेवा दिने, कुन शाखा खुल्छन् ?


काठमाडौं – हिमालयन बैंकले दसैं बिदामा पनि बैंकिङ्ग सेवा दिने भएको छ । बैंकले एक सूचना जारी गर्दै दसैं बिदामा पनि काउन्टर खुल्ला रहने जानकारी दिएको हो । बैंकले दसैं बिदामा सबै शाखा नभई केही निश्चित शाखा सञ्चालन गर्ने भएको हो ।

असोज २४ गते सप्तमी (फूलपाती), २५ गते महाअष्टमी, २७ गते एकादशी र २८ गते द्वादशीको अवसरमा नेपाल सरकारद्वारा सार्वजनिक बिदा दिईएको हुँदा ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै बैंकले निश्चित शाखाहरू सीमित बैंकिङ्ग कारोबारको लागि खुल्ला हुने जानकारी गराएको हो ।