दसैं बिदामा पनि बैंकिङ्ग सेवा दिँदै ग्लोबल आईएमई बैंक, कुन दिन कुन शाखा खुल्छ ?

दसैं बिदामा पनि बैंकिङ्ग सेवा दिँदै ग्लोबल आईएमई बैंक, कुन दिन कुन शाखा खुल्छ ?


काठमाडौं – ग्लोबल आईएमई बैंकले दशैं बिदामा पनि बैंकिङ्ग सेवा दिने भएको छ । बैंकले एक सूचना जारी गर्दै दशैं बिदामा पनि काउन्टर खुल्ला रहने जानकारी दिएको हो ।

बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै बैंकको शाखा कार्यालयहरुबाट बडा दसैंको बिदामा समेत नगद कारोबार सञ्चालन गरिने जानकारी दिएको हो । बैंकले टिकाको दिन बाहेक बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म र टिकाको दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म बैंकिङ्ग कारोबार सञ्चालन गर्ने भएको हो । बैंकले शनिबारको दिन पनि बैंकिङ्ग सेवा दिँदै आएको छ ।