काठमाडौं – आइतबारदेखि घटेको सुनको मूल्य आजपनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ५९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबारको दिन छापावाला सुनको मूल्य १ लाख ६० हजार १०० रुपैयाँ थियो । सुनको मूल्य आइतबार ३ सय, सोमबार ५ सय र मंगलबार ४ सय रुपैयाँले घटेको थियो ।
आज चाँदीको मूल्य ४० रुपैयाँले घटेर प्रतितोला १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदी १ हजार ९४० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया