बेइजिङ – चिनियाँ अधिकारीहरू मुलुकले यस वर्षको आर्थिक वृद्धि लक्ष्य हासिल गर्ने कुरामा ‘पूर्ण विश्वस्त’ रहेको मुलुकका शीर्ष अधिकारीले मङ्गलबार बताएका छन् । चीनमा गत महिना घोषणा गरिएको उत्प्रेरणात्मक उपायहरूको शृङ्खलाले शेयर बजारहरूमा उछाल ल्याएको थियो ।
अधिकारीहरूले करिब पाँच प्रतिशतको विस्तारलाई लक्षित गरेकाले बेइजिङले व्यावसायिक गतिविधिलाई पुनः सुरु गर्न सङ्घर्ष गरिरहेको छ । लामो समयदेखिको आवास सङ्कटदेखि सुस्त उपभोग र स्थानीय सरकारी ऋणसम्मका धेरै प्रतिकूल परिस्थितिलाई हेर्दा यो लक्ष्य आशावादी रहेको विश्लेषकहरूले बताएका छन् ।
चीनको राष्ट्रिय विकास तथा सुधार आयोग ९एनडिआरसी० का प्रमुख झेङ शान्जीको नेतृत्वमा मङ्गलबार भएको पत्रकार सम्मेलनमा सबैको ध्यान केन्द्रीत छ । लगानीकर्ताहरूले बेइजिङले थप अर्थतन्त्र बढाउने नीतिहरू सार्वजनिक गर्ने आशा गरेका छन् ।
‘हामी वर्षका लागि आर्थिक र सामाजिक विकासका लक्ष्य कायमा राख्नेमा पूर्ण विश्वस्त छौँ’, उनले भने, ‘हामी स्थिर, स्वस्थ र दिगो विकास कायम राख्नमा पनि पूर्ण विश्वस्त छौँ ।’
व्यापारीहरूले एक साताको विश्रामपछि बेइजिङबाट थप उपायहरूको आशामा जोडदार र्यालीलाई जारी राख्दा मुख्य भूमि चीनका सेयरहरू मङ्गलबार १० प्रतिशतभन्दा बढीले बढे । यसले स्वर्णिम हप्ता बिदाअघिको २० प्रतिशतभन्दा बढीले वृद्धि भयो।
अधिकारीहरूले लामो समयदेखि मन्द आर्थिक वृद्धिलाई उल्ट्याउन उत्प्रेरणात्मक उपयाहरूको शृङ्खला घोषणा गर्न थालेसँगै लगानीकर्ताहरू मुख्य भूमि चीन र हङकङका सेयरहरूमा फर्कन थालेका छन् ।
हालसम्म घोषणा गरिएका धेरै उपायहरू कमजोर रियल स्टेटलाई लक्षित गरिएका छन् । यो लामो समयदेखि वृद्धिको प्रमुख चालक रहेको भए पनि अहिले लामो समयसम्म ऋण सङ्कटमा फसेको छ । उक्त उद्देश्यका लागि बेइजिङको केन्द्रीय बैंकले वित्तीय संस्थाहरूलाई एक वर्षको ऋणको ब्याज दर घटाएको छ, ऋणदाताहरूको राशिमा कटौती गरेको छ र विद्यमान बन्धकहरूमा दरहरू घटाउन प्रोत्साहित गरेको छ ।
साङ्घाई, ग्वाङ्जाऊ र सेन्जेन जस्ता वित्तीय केन्द्रसहित धेरै सहरले पनि रियल स्टेट खरिदमा प्रतिबन्धहरू खुकुलो पारेका छन् ।‘समग्रमा हामीले वर्तमान विकास र विकासको पूर्वानुमान हेर्दा हाम्रो मुलुकको आर्थिक विकासको आधारभूत तत्वहरू परिवर्तन भएका छैनन’ झेङले भने, ‘विभिन्न नीति विशेषरूपमा वृद्धिशील प्याकेजको निरन्तर जारी हुने क्रमसँगै बजारको अपेक्षा हालै उल्लेखनीय रूपमा सुधार आएको छ ।’
अधिकारीहरूले थप वित्तीय समर्थन उपायहरू घोषणा गर्ने विश्लेषकहरूले आशा गरेका छन् । यसमा खर्बौं युआनको बन्ड जारी र उपभोग बढाउने नीतिहरू रहेका छन् । यद्यपि, बेइजिङ वृद्धिका आधारभूत अवरोधहरू समाधान गर्न गम्भीर छ भने रियल स्टेट क्षेत्रमा ऋण सङ्कट कम गर्न र घरेलु मागलाई बढावा दिन आर्थिक प्रणालीमा गहिरो सुधारहरू आवश्यक रहेको विश्लेषकहरूले बताएका छन् ।
‘चीनको अर्थतन्त्र सङ्कटमा छैन र बेइजिङलाई चीनको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) हासिलमा मद्दत गर्न सन् २०२४ को बाँकी समयका लागि ठूलो वित्तीय खर्च प्याकेजको घोषणा गर्न आवश्यक छैन’ , चाइना बेइज बुकका शेहजाद काजीले भने, ‘वास्तविक प्रश्न के हो भने बेइजिङले सन् २०२५ र त्यसपछिका लागि बहुचरणको खर्च कार्यक्रम घोषणा गर्नेछ र यसमा अर्थतन्त्रलाई उपभोगमा आधारित सङ्क्रमणबाट रोक्ने संरचनागत समस्याहरूलाई सम्बोधन गर्ने कुरा समावेश छ ।’ रासस
प्रतिक्रिया