सफा नोट प्रयोग गर्ने केन्द्रीय बैंकको नीति, किटाणुद्वारा स्वास्थमा हुने जोखिम न्यूनीकरण गर्ने लक्ष्य

सफा नोट प्रयोग गर्ने केन्द्रीय बैंकको नीति, किटाणुद्वारा स्वास्थमा हुने जोखिम न्यूनीकरण गर्ने लक्ष्य


काठमााडाैं – नेपाल राष्ट्र बैंकले सफा र सुकिला बैंकनोट मात्र चलनचल्तीमा रहुन् भन्ने उद्देश्यले सफा नोट प्रयोग गर्ने नीति लिएको छ । नेपाल राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा एक सूचना जारी गर्दै सफा नोट प्रयोग गर्ने नीति लिएको हो ।

केन्द्रीय बैंकले सफा तथा सुकिला नोटको प्रयोगले लेनदेनमा सहजता हुनुका साथै किटाणुद्वारा स्वास्थमा हुने जोखिमसमेत न्यूनीकरण गर्न सकिने बताएको छ । राष्ट्र बैंकले नोटहरू जतन गरी प्रयोग गरेमा नोटको आयु लम्बिन गई नोट छपाइको आर्थिक भारसमेत कम हुने उल्लेख गरेको छ । ‘नोट हाम्रो सभ्यताको पहिचान पनि भएकोले यसलाई जतनसाथ प्रयोग गर्नु हामी सबैको कर्तव्य हो’ केन्द्रीय बैंकले भनेको छ ।

राष्ट्र बैंकले दसैंमा देवीको प्रसादको रूपमा टीका, जमरासँगै दक्षिणाको लागि बैंकनोट प्रयोग गर्दै हुनुहुन्छ भने त्यस्ता नोटमा जल, चन्दन, अक्षता, अबिर आदि नलाग्ने गरी होसियारीपुर्वक प्रयोग गर्नुहुन सबैलाई अनुरोध गरेको छ । बैैकले डिजिटल भुक्तानीलाई पनि जोड दिएको छ । केन्द्रीय बैंकले भनेको छ, ‘विजया दशमी २०८१ हर्षोल्लासका साथ मनाउँदै गर्दा नोटको जतनसाथ प्रयोग गर्न नभुलौं र दक्षिणा दिँदा सकभर डिजिटल माध्यमको प्रयोग गरौं ।’