नेष्डो समृद्ध लघुवित्तको नाफा १५.५५%घट्यो, खराब कर्जा तोकिएको सीमाभन्दा माथि

नेष्डो समृद्ध लघुवित्तको नाफा १५.५५%घट्यो, खराब कर्जा तोकिएको सीमाभन्दा माथि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्ममा १६ करोड ४७ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आवको यसै अवधिमा १९ करोड ५० लाख ९३ हजार रुपैयाँ नाफा कम्पनीको कम्पनीको खुद नाफा १५.५५ प्रतिशतले घटेको हो । खुद ब्याज आम्दानी घटेसँगै लघुव्त्तिको नाफा प्रभावित भएको हो ।

तेस्रो त्रैमाससम्म २ अर्ब ४६ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ५५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको यही अवधिसम्म संस्थाले २ अर्ब १९ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ८९ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

समीक्षा अवधिमा खुद ब्याज आम्दानी १२.९२ प्रतिशतले घटेर २८ करोड ३५ लाख ५२ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष यही अवधिमा यस्तो आम्दानी ३२ करोड ५६ लाख रुपैयाँ थियो । यस्तै सञ्चालन नाफा १५.५५ प्रतिशतले घटेर २६ करोड १५ लाख २१ हजार रुपैयाँ झरेको छ । गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ३० करोड ९५ लाख रुपैयाँ रहेको थियो ।

लघुवित्तको चुक्ता पूँजी ४८.१५ प्रतिशतले बढेर २५ करोड ५० लाख रुपैयाँ पुगेको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ८६.१५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३२९.२८ रुपैयाँ र मूल्य आम्दानी अनुपात २६.२७ गुणा छ ।

यसै अवधिमा जगेडा कोष २६.९२ प्रतिशतले बढेर ५८ करोड ४६ लाख ६२ हजार रुपैयाँ सञ्चित रहेको छ । गत वर्ष यही अवधिसम्म संस्थाको जगेडा कोषमा ४६ करोड ६ लाख रुपैयाँ सञ्चित थियो ।

गत वर्ष चैत मसान्तसम्ममा २.१० प्रतिशत रहेको संस्थाको खराब कर्जा अनुपात बढेर ५.७२ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई खराब कर्जा अनुपात कुल कर्जा लगानीको ५ प्रतिशतको सीमाभित्र राख्न निर्देशन दिँदै आएको छ । तर लघुवित्तको खराब कर्जा अनुपात भने तोकिएको सीमाभन्दा माथि रहेको छ ।