बीमाको ज्ञान : दसैंको दक्षिणाले गरौं बीमा

बीमाको ज्ञान : दसैंको दक्षिणाले गरौं बीमा


काठमाडौं – हिन्दु परम्पराबाट प्रेरित नेपाली समाजमा दसैंलाई विशेष पर्वको रूपमा लिइन्छ । दशैंमा ठुलाबडाको हातबाट टीका लगाएर आशिष लिने प्रचलन पुर्खौंदेखि चलिआएको छ । जागिर गरिरहेकाहरूको दसैं बोनस आउने व्यवस्था पनि छ । दसैंमा लुगा, अन्य खर्चहरूमा पनि त्यत्तिकै पनि खर्च गरिन्छ । भनिन्छ नेपालीको वर्ष भरी हुने कूल खर्चको ४० प्रतिशत खर्च दसैंमा नै हुन्छ ।

दसैंको समयमा आउने बोनस वा गरिने खर्च जोगाएर पनि बीमा गर्न सकिन्छ । जसले भविष्यमा आइपर्ने जोखिमको समयमा सहयोग पुग्छ । पछिल्लो समय बीमाको महत्त्व बढ्दै गएको छ ।

जोगाउन कोसिस गरेपनि विभिन्न कारण खर्च भइरहेको हुन्छ । साथै, पछिल्लो समय समयको माग अनुसार नै टीका लगाएर दक्षिणा पैसा दिने परिपाटीको पनि विकास भएको छ ।

जसअनुसार, बालबालिकाले दसैंमा उच्च परिमाणमा दक्षिणा सङ्कलन गर्छन् । तर, यसरी आएको पैसाको उचित सदुपयोग भने कम हुने गरेको छ । सानै उमेरका बालबालिका र युवाहरूले पनि भविष्यको विषयलाई गम्भीरताले लिन आवश्यक नै भैसकेको छ ।

दसैंको समयमा आउने बोनस वा गरिने खर्च जोगाएर पनि बीमा गर्न सकिन्छ । जसले भविष्यमा आइपर्ने जोखिमको समयमा सहयोग पुग्छ । पछिल्लो समय बीमाको महत्त्व बढ्दै गएको छ । नयाँ र आधुनिक बीमा पोलिसीहरूले बीमितको सुरक्षणसँगै विविध पक्षमा फाइदा पुर्‍याएको समेत देखिन्छ । तर, आम नेपाली अझै पनि बीमाको दायरामा आउन सकेका छैनन् ।

यही कारण, दसैंको दक्षिणाले बीमाको सुरुवात गर्न सकेमा भविष्यमा आइपर्ने जोखिमलाई आर्थिकरुपमा न्यूनीकरण गर्न सकिन्छ । यसो हुँदा बिमाको पहुँचमा आउने नेपालीको सङ्ख्या पनि वृद्धि हुन्छ ।

बीमाको महत्वः
बचत गर्ने बानीको विकास
भविष्यको आर्थिक सुरक्षा
वृद्ध अवस्थाको साथी
स्वास्थ्यको सुरक्षा
जोखिमको न्यूनीकरण