बैंकिङ्ग प्रणालीको निक्षेप संकलन स्थिर रहँदा कर्जा प्रवाहमा वृद्धि, अन्य सूचक कस्ता ?

बैंकिङ्ग प्रणालीको निक्षेप संकलन स्थिर रहँदा कर्जा प्रवाहमा वृद्धि, अन्य सूचक कस्ता ?


काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेप संकलन स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा ६५ खर्ब १८ अर्ब निक्षेप संकलन भएको छ । केन्द्रीय बैंकको असोज ६ गते र ७ गतेको तथ्यांकले सो रकम बराबरको निक्षेप संकलन भएको देखाएको हो । 

यस्तै, सो समयमा वाणिज्य बैंकहरुको निक्षेप संकलन पनि स्थिर रहेको छ ।  वाणिज्य बैंकहरुले  असोज ६ / ७ गते ९७ खर्ब  ९३ अर्ब निक्षेप संकलन गरेका छन् । 

सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह भने बढेको छ । असोज ६ गते ५२ खर्ब २६ अर्ब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले ७ गते ५२ खर्ब ३२ अर्ब बराबरको कर्जा प्रवाह गरेका छन् ।

यस्तै, त्यसअवधिमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा प्रवाहमा पनि वृद्धि देखिएको छ । आइतबारसम्म ४६ खर्ब २७ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले सोमबार ४६ खर्ब  ३२ अर्ब कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ । साथै,राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७८.७८  प्रतिशत कायम भएको देखाएको छ ।