कामना सेवाले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?


काठमाडौं – कामना सेवा विकास बैंकले असोज ३० गतेलाई साधारण सभा डाकेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांस वितरण गर्ने प्रस्ताव पारित गर्ने लक्ष्यसहित साधारण सभा डाकेको हो ।

आफ्ना शेयरधनीलाई ५ प्रतिशत नगद लाभांश र ७ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव कम्पनीको छ । जसअनुसार चुक्ता पूँजी ३ अर्ब २८ करोड ११ लाख रुपैयाँको ५ प्रतिशतका दरले हुने १६ करोड ४० लाख ५८ हजार २३३ रुपैयाँ वितरण हुनेछ ।

यस्तै ७ प्रतिशतका दरले हुन आउने २२ करोड ९६ लाख ८१ हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण हुनेछ । यसअनुसार नगद लाभांश र बोनस शेयरमा गरी कम्पनीले कूल ३५ करोड रुपैयाँ वितरण गर्ने छ ।

यसका लागि कम्पनीले यही असोज १५ गते बुक क्लोज गर्ने जनाएको छ ।