काठमाडौं – कामना सेवा विकास बैंकले एटीएम तथा पीओएस प्रयोग गरी रकम भुक्तानी बाँकी रहेका आफ्ना ग्राहकहरूलाई रकम दाबी गर्न आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै एटीएम प्रयोग गरी रकम भुक्तानी लिने क्रममा भुक्तानी नभएको तर खातामा घटेको रकम दाबी गर्न आग्रह गरेको हो ।
३५ दिनभित्र आवश्यक प्रमाणसहित उक्त रकम दाबी गर्न बैंकले आग्रह गरेको हो । साथै, बैंकले भुक्तानी लिने क्रममा खाताबाट रकम काटिएको तर नगद प्राप्त नभएको वा खाताबाट रकम काटिएको तर पीओएसमा भुक्तानी नभएको केही रकम बक्यौता रहेको जनाएको छ ।
बैंकद्वारा जारी सूचनामा भनिएकाे छ, ‘बैंकका ग्राहकहरूले अन्य बैंक तथा वित्तीय संस्थाको एटीएम तथा पीओएस प्रयोग गरी रकम भुक्तानी लिने क्रममा तथा अन्य व्यक्तिहरूले यस बैंकको एटिएम प्रयोग गरी रकम भुक्तानी लिने क्रममा खाताबाट रकम काटिएको तर नगद प्राप्त नभएको वा खाताबाट रकम काटिएको तर पीओएसमा भुक्तानी नभएको केही रकम बक्यौता रहेको छ,’ ।



About Us
प्रतिक्रिया