नेपालपे क्यूआरको शुभ लाभ अफर सार्वजनिक

नेपालपे क्यूआरको शुभ लाभ अफर सार्वजनिक


काठमाडौं – नेपालीहरुको महान पर्व वडा दशैं तथा तिहारक उपलक्ष्यमा नेपालपे क्यूआरमा शुभ लाभ अफर सार्वजनिक भएको छ । यो अफर असोज ५ गतेदेखि कात्तिक ३० गतेसम्म (२१ सेप्टेम्बर देखि १५ अक्टोबर, २०२४) लागू हुनेछ ।

सो अफर अन्तर्गत नेपालपे क्यूआर गरेर भुक्तानी गर्ने ग्राहकहरुले ‘स्योरसट क्यासब्याक’ पाउनेछन् । यस्तै जति धेरै क्यूआर कारोबार गर्नेछन्, त्यति धेरै लक्की ड्रमा विभिन्न आकर्षक उपहारहरु जित्ने मौका पाउन सक्नेछन् ।

उक्त अफर अवधिभरि न्यूनतम २०० रुपैयाँ वा सोभन्दा बढिको न्यूनतम १० वटा वा सोभन्दा बढि कारोबार गर्ने ग्राहकहरुले २०० रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् । साथै, लक्की ड्रका लागि पनि योग्य हुनेछन् ।

लक्की ड्रमा विभिन्न प्रकारका इलेक्ट्रोनिक उपहारहरु जस्तै टिभी, वासिङ्ग मेसिन, फ्रिज, माइक्रो वेव ओभन, हिटर, एयर फ्रायर र स्मार्टफोनहरु रहेका छन् । ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ्ग, वालेटहरु तथा कनेक्ट आईपीएस एपबाट सजिलै नेपाल पे क्यूआरस्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

यो अफर सम्पूर्ण स्ट्याटिक तथा डाइनामिक क्यूआरमा लागू हुने छ भने गेटवे भुक्तानीमा भने लागू हुने छैन ।