नेपालपे क्यूआरको शुभ लाभ अफर सार्वजनिक

नेपालपे क्यूआरको शुभ लाभ अफर सार्वजनिक


काठमाडाैं – नेपालीहरुको महान पर्व वडा दशैं तथा तिहारको हर्षाेल्हास सँगै नेपालपे क्यूआरमा शुभ लाभ अफर सार्वजनिक भएको छ । यो अफर असोज ५ गतेदेखि कात्तिक ३० गतेसम्म (२१ सेप्टेम्बर देखि १५ अक्टोबर, २०२४) लागू हुनेछ ।

सो अफर अन्तर्गत नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्ने ग्राहकहरुले Sureshot Cashback पाउनुका साथै जति धेरै क्यूआर कारोबार गर्नेछन् त्यति धेरै लक्की ड्रमा विभिन्न आकर्षक उपहारहरु जित्ने मौका पाउन सक्नेछन् । उक्त अफर अवधिभरि न्यूनतम २०० रूपैयाा वा सो भन्दा बढिको न्यूनतम १० वटा वा सो भन्दा बढि कारोबार गर्ने ग्राहकहरुले २०० रूपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् ।

साथै, लक्की ड्रका लागि पनि योग्य हुनेछन् । लक्की ड्रमा विभिन्न प्रकारका इलेक्ट्रोनिक उपहारहरु जस्तै टिभी, वासिङ्ग मेसिन, फ्रिज, माइक्रो वेव ओभन, हिटर, एयर फ्रायर र स्मार्टफोनहरु रहेका छन् ।

ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ्ग, वालेटहरु तथा कनेक्ट आइपीएस एपबाट सजिलै नेपालपे क्यूआरस्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । यो अफर सम्पूर्ण स्ट्याटिक तथा डाइनामिक क्यूआरमा लागू हुने छ भने गेटवे भुक्तानीमा भने लागू हुने छैन ।

नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेपाल क्यूआर मापदण्ड कार्यान्वयन गर्न, नेपालपे क्यूआर एक स्वतन्त्र क्यूआर स्किमको रुपमा सञ्चालन हुनुको साथै मर्चेन्ट तथा नेटवर्क लेभलको अन्तरआबद्धता कायम गर्न स्थापना भएको पूर्वधार हो ।