नेपाल एसबिआई बैंकको भैरहवा शाखा स्थानान्तरण


काठमाडौं – नेपाल एसबिआई बैंकले भैरहवा शाखा स्थानान्तरण गरेको छ । बैंकले आफ्नो सिद्धार्थनगर नगरपालिका–०५, बैंक रोड, भैरहवा, रुपन्देहीमा अवस्थित शाखा कार्यालय सोही नगरपालिकाको वडा नं–०८ स्थित नारायण पथमा स्थानान्तरण गरेको हो । उक्त शाखाको नयाँ भवन परिसर उद्घाटन बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले गरेका थिए ।

उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, प्रमुख सञ्चालन अधिकृत यादवेंद्र कांत, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल र बैंकका अन्य वरिष्ठ पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो । यसबाट ग्राहकलाई थप सुविधा सहितको बैकिङ्ग सेवा उपलब्ध हुने अपेक्षा बैंकले राखेको छ ।