ज्योति विकास बैंकका ग्राहकहरूलाई ‘जास्मिन फिटनेस क्लब’ मा २० प्रतिशत छुट


काठमाडौं – ज्योति विकास बैंक लिमिटेडले काठमाडौंस्थित ‘जास्मिन फिटनेस क्लब एन्ड स्पा’ सँग सम्झौता गरेको छ । उक्त सम्झौताअनुसार अब ज्योति विकास बैंकका ग्राहकहरूलाई ‘जास्मिन फिटनेस क्लब एन्ड स्पा’ मा २०५ सम्मको विशेष छुट प्रदान हुनेछ ।

हालै बैंकले ललितपुरस्थित ‘मेडेक्स मल्टिस्पेसालिटी क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरमा २०५ सम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ । यसका साथै बैंकले काठमाडौंस्थित प्रख्यात ‘ट्रान्क्विलिटी स्पा’ का देशभरका १७ वटै आउटलेटहरूमा हरेक सेवा तथा सुविधाहरूमा ग्राहकहरूलाई ३०५ सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।

यसैगरी, बैंकले टिस्टुङ रिसोर्टमा १५५ सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ । ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै आइरहेको छ ।

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सधैं उच्च प्राथमिकतामा राखेको छ । ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ ।