काठमाडौं– आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले निर्जीवन बीमा अभिकर्ताका लागि भर्चुअल तालिम सम्पन्न गरेको हो ।
उक्त तालिममा विभिन्न जिल्लाहरुबाट ३६ जना व्यक्तिहरुको उत्साहजनक सहभागिता रहेको थियो । तालिमबाट निर्जीवन बीमाको क्षेत्रमा नेपाल बीमा प्राधिकरणले निर्देशन गरे बमोजिम अभिकर्ताहरुको माध्यमबाट ग्राहकहरुले सहज रुपमा बीमा सेवा प्राप्त गर्ने अपेक्षा कम्पनीले लिएको छ ।
प्रतिक्रिया