काठमाडौं– हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको मुनाफाबाट कर्मचारी बोनसका लागि साढे ९ अर्ब रुपैयाँभन्दा बढी छुट्याएका छन् । बैंक तथा वित्तीय संस्थाले कुल नाफाबाट १० प्रतिशत कर्मचारीलाई बोनसबापत छुट्याउने गरेका छन् ।
गत आर्थिक वर्षमा मात्रै वाणिज्य बैंकहरुले कर्मचारी बोनसका लागि ९ अर्ब ६७ करोड १२ लाख रुपैयाँ छुट्याएका छन् । अघिल्लो आर्थिक वर्षमा ९ अर्ब ४६ करोड १७ लाख रुपैयाँ छुट्याएका थिए । यस तथ्यांकलाई हेर्दा वाणिज्य बैंकहरुको बोनस दर २.२१ प्रतिशतले बढेको देखिन्छ ।
कर्मचारीलाई सबैभन्दा धेरै बोनस दिने बैंकमा नबिल बैंक रहेको छ । सो बैंकले एक वर्षको नाफाबाट कर्मचारीलाई १ अर्ब १९ करोड ८२ लाख रुपैयाँ बोनस बाढ्ने भएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकले नाफाबाट १ अर्ब ८ करोड ८३ लाख रुपैयाँ बराबरको बोनस दिने भएको छ । यो एक वर्षको समयावधिमा १३ वटा बैंकको बोनस रकम घटेको छ भने ७ वटा बैंकको बढेको छ । सबैभन्दा कम बोनस दिने बैंकमा नेपाल बैंक र्हेको छ । सो बैंकले १५ करोड २१ लाख रुपैयाँ बोनस छुट्याएको छ ।
प्रतिक्रिया