६ अंकले बढ्यो शेयर बजार, कारोबार रकम कति ?

६ अंकले बढ्यो शेयर बजार, कारोबार रकम कति ?


काठमाडौं– साताको शेयर कारोबारको तेस्रो दिन आज नेपाल स्टक एक्सचेञ्ज नेप्से ६ दशमलव ९० अंकले बढेको छ । अघिल्लो दिन अर्थात सोमबार १२७ अंकले बढेको शेयर बजार आज भने ६ अंकले बढेको हो ।

मंगलबार ३ करोड ५ लाख ९९ हजार ८९० कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ५७ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज पाँचवटा समूहको शेयर बढ्दा आठ वटा समूहको शेयर घटेको छ ।

आज ३२८ कम्पनीको शेयर कारोबार हुँदा १०६ वटा कम्पनीको शेयर कारोबार बढेको छ, १३३ कम्पनीको कारोबारमा गिरावट आएको छ भने ५ वटाको कारोबार स्थिर रहेको छ ।

मंगलबार सबैभन्दा धेरै हिमालयन पावर पार्टनरका लगानीकर्ताले गुमाएका छन् । आज मात्रै साे कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।