स्वदेशी पूँजी देशभित्रै लगानी गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।  
उपराष्ट्रपति नन्दकिशोर पुनले स्वदेशी पूँजीलाई मुलुकभित्रै लगानीको वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार काठमाडौँमा नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन उद्घाटन गर्दै उपराष्ट्रपति पुनले केही पूँजीपतिहरू आफ्नो पूँजी बाहिर लैजान खोजेको भन्ने आफूले सुनेको भन्दै स्वदेशी पूँजीलाई स्वदेशमा उपयोग गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले आत्मनिर्भर अर्थतन्त्र बनाउनका लागि सरकार निजी क्षेत्रसँग मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । उद्योगी व्यवसायीहरूका अहिलेका समस्या र मागहरूलाई सरकारले समयमा नै सम्बोधन गर्नुपर्ने उनको भनाई छ । उपराष्ट्रपति पुनले उद्योगका लागि चाहिने दक्षजनशक्ति उत्पादनको लागि तालिम केन्द्र लगाएत स्वरोजगार बनाउने काममा केन्द्रीत हुनुपर्ने बताए ।

उनले दैनिक उपभोग्य वस्तु देखि ठूला निर्माण सामग्री समेत आयात गरिरहेका भन्दै यस्तो अवस्था जारी रहँदा अर्थतन्त्र सरकारात्मक बन्न नसक्ने धारणा पनि राखे ।