काठमाडौं – आज साताको पहिलो दिन आइतबार शेयर बजारमा भारी अंकको गिरावट देखिएको छ । आज शेयर बजार नेप्से परिसूचक ५३ दशलमव ६३ अंकले घटेर २,६९५ को विन्दुमा कायम भएको छ । आज ३१ कम्पनीको शेयर मूल्य बढेको छ भने २०९ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३३७ कम्पनीको २ करोड ६२ लाख ४६ हजार ४३५ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ५१ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै गुडविल फाइनान्सको शेयर कारोबार भएउको छ । कम्पनीको ५२ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
हिमालयन रिइन्स्योरेन्सको ३३ करोड ४३ लाख रुपैयााको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको ३३ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सुपर माई हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् ।
आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । हिमालयन पावर पार्टनरका लगानीकर्ताले ९ दशलमव ८७ प्रतिशतका दरले कमाएका छन् । कुथली बुखरी हाइड्रोका लगानकिर्ताले ८ दशलमव ७३ प्रतिशतका दरले कमाएका छन् ।
प्रतिक्रिया