काठमाडौं – सर्वोत्तम सिमेन्टको संस्थापक शेयरको लक–ईन अवधि यही भदौ २५ गते सकिने भएको छ । कम्पनीले दिएको जानकारीअनुसार यही भदौ २५ गते संस्थाक शेयर र सामूहिक लगानी कोषको लक–ईन अवधि सकिने भएको हो ।
यो कम्पनीले ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशत शेयको ४० प्रतिशत शेयर योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँड गरेको थियो । १२ प्रतिशतले हुन आउने ६० लाख कित्ता शेयरको ४० प्रतिशत अर्थात २४ लाख कित्ता शेयर संस्थागत लगानीकर्ताले पाएका थिए ।
यस्तै सर्वसाधारणका लागि छुट्याएको शेयरको ५ प्रतिशत अर्थात १ लाख ५४ हजार २२७ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याइएको थियो । नेपाल धितोपत्र बोर्डले २०८० कात्तिक २५ गते जारी गरेको निर्देशन बमोजिम ६ महिना लक–ईन अवधि तोकिएको थियो ।
सो व्यवस्थाअनुसार लक–ईनमा राखिएको २५ लाख ५४ हजार २२७ कित्ता शेयर यही २५ गते अवधि सकिने भएको हो ।
प्रतिक्रिया