सबै समूह घट्दा होटल तथा पर्यटन समूहमा उत्साह, तारा गाउँ र ओरियन्टलले उचाल्यो

सबै समूह घट्दा होटल तथा पर्यटन समूहमा उत्साह, तारा गाउँ र ओरियन्टलले उचाल्यो


काठमाडौं – आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेपनि होटल तथा टुरिजम समूहमा भने वृद्धि देखिएको छ । नेप्से परिसूचक १११ अंकले घटेपनि होटल तथा टुरिजम समूहमा ३१.५१ अंकको वृद्धि आएको हो ।

यो समूहमा ३१ अंकको वृद्धिसँगै सूचक ७ हजार २८१ अंक पुगेको छ । कारोबारमा आएका १३ समूहमध्ये होटल तथा टुरिजम समूहमा बाहेक कुनै समूहमा पनि वृद्धि आएन । आज सबैभन्दा धेरै जीवन बीमा समूह र निर्जीवन बीमा समूहमा गिरावट आयो ।

होटल समूहमा आज कारोबारमा आएका ६ वटा कम्पनीमध्ये २ वटाको मूल्य मात्रै बढेको छ । ४ वटा कम्पनीको मूल्य घटेपनि यो समूहमा ०.४३ प्रतिशतको वृद्धि आएको हो ।

आज ओरियन्टल होलटको शेयर मूल्य ३.५२ प्रतिशत र तारागाउँ रिजेन्सीको शेयर मूल्य १० प्रतिशत बढ्यो । यसबाहेक चन्दागिरी, हायात प्लेस, कालिञ्चोक दर्शन र सोल्टी होटलको शेयर मूल्य भने घटेको छ ।