बैंकहरुले चोभार सुक्खा बन्दरगाह नाका हुनेगरी प्रतीतपत्र जारी गर्न सक्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

बैंक तथा वित्तीय संस्थाले अन्तरािष्ट्रय ब्यापानरका लागि जारी गर्ने प्रतीतपत्र चोभारको सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई नाका हुने गरी पनि जारी गर्न सक्ने भएका छन् । चोभारको सुक्खा बन्दरगाहा सञ्चालनमा आएपछि व्यवसयाीले त्यसलाइ भन्सार कार्यालय नाका कायम गर्न खोजेको खण्डमा बैंकहरुले सोही अनुसार प्रतीतपत्र जारी गर्न सक्ने भएका हुन ।

मंगलबार नेपाल राष्ट्र बैंकले विदेशी विनिमय सम्बन्धी एकिकृत निर्देशन संशोधन गर्दै बैंक व्त्तिीय संस्थाले चोभार भन्सार नाका कायम रहने गरी प्रतीपत्र जारी गर्न सक्ने व्यवस्था गरेको छ । त्यसका साथै मेची, विराटनगर, वीरगञ्ज, सुक्खा बन्दरगाह सिर्सिया बर भौरहवा भन्सार कार्यालयबाट पैठारी गर्ने गरी प्रतीतपत्र जारी भैसकेका मालवस्तुको समेत पैठारीकर्ताको माग भएमा प्रचलित व्यवस्थाबमोजिम चोभार बन्दरगाह भन्सार कार्यालयको नाममा भन्सार विन्दु परिवर्तन गर्न सक्ने व्यवस्था समेत गरेको हो ।