काठमाडौं – सानिमा बैंकको १ लाख १५ हजार बढी कित्ता शेयर बिक्रीमा राखेकाे छ। बैंकले संस्थापक समूहको १ लाख १५ हजार ३८० कित्ता शेयर बिक्रीमा राखेकाे हाे ।
बिक्रीमा राखिएको शेयरमा हाललाई बैंकका संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। यसका लागि ३५ दिनको समय दिइएको छ।
तोकिएको मितिभित्र संस्थापक शेयरधनीहरुले काठमाडौंको नक्साल नारायणचौरस्थित बैंकको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन पेस गर्नुपर्नेछ।



About Us
प्रतिक्रिया