काठमाडौं – एनएमबी लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर स्वामित्व घटाउने भएकाे छ । कम्पनीले १० प्रतिशतले संस्थापक शेयर स्वामित्व घटाउने भएकाे हाे।
कम्पनीले हाल कायम ७० प्रतिशत संस्थापक स्वामत्विबाट ६० प्रतिशतमा झार्ने र सर्वसाधारण समूहतर्फको शेयर स्वामित्व ३० प्रतिशतबाट ४० प्रतिशतमा बढाउने भएकाे छ ।
उक्त, प्रस्ताव नियामक नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया