१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै सरकार

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै सरकार


काठमाडौं – सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । कार्यालयले ५ वर्षे अवधिको विकास ऋणपत्र –२०८६ बोलकबोलमार्फत बिक्री गर्न लागेकाे हाे ।

उक्त बोलपत्र भदौ ६ गते निष्कासन गरिने कार्यालयले जनाएको छ । ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकले भाग लिन सक्नेछन् ।

देशको आर्थिक विकासको लागि आवश्यक मध्यम तथा दीर्घकालीन अवधिको स्रोत जुटाउन ऋणपत्र बिक्री गरेर सरकारले आफूलाई चाहिएको पैसाको जोहो गर्छ ।

विकास ऋणपत्र बोलकबोलको माध्यमबाट निष्कासन हुने गर्दछ भने बोलकबोलमा एकल ब्याजदर विधि प्रयोग गरिन्छ ।