काठमाडौं – यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३४.४३ अंकले बढेको छ । ५ करोबार दिनमध्ये ४ करोबार दिन बढेको नेप्से परिसूचक झण्डै साढे २०० अंकले बढेर बन्द भएको हो ।
यससँगै गत साता २७ सय ६६ अंकमा बन्द भएको नेप्से परिसूचक यो साता ३ हजार अंकको बिन्दुमा पुगेको छ । यो साताको आइतबार नेप्से परिसूचक ९४.४६ अंकले बढेको थियो । यस्तै, सोमबार ७०.८१ अंकले बढ्यो ।
मंगलबार ८.१८ अंकको सामान्य ‘करेक्सन’ आउनुबाहेक अन्य दिन परिसूचक घटेन । बुधबार ३४.२९ अंकले बढ्यो भने अन्तिम दिन विहीबार ४३.०५ अंकले बढ्यो । गत साता पनि नेप्सेमा ठूलो अंकको वृद्धि आएको थियो ।
४ कारोबार दिनमध्ये ३ दिन बढेको नेप्से १ दिन मात्रै घटेको थियो । गत साताको आइतबार भोटो जात्रा थियो । सो दिन कारोबार भएन । सोमबार ४०.७६ अंक बढेको बजार मंगलबार १४५.०५ अंकले घटेको थियो । यस्तै बुधबार फेरी बजार १०८ अंकले बढ्यो भने बिहीबार ६.७० अंकको वृद्धि आएको थियो ।
समग्रमा शेयर बजार परिसूचक १०.७६ अंकले बढेको थियो । अघिल्लो साता २७ सय ५५ अंकमा बन्द भएको थियो । तर गत साता सामान्य अंकले बढेपछि नेप्से परिसूचक २७ सय ६६ अंक बढेर बन्द भयो ।
१ खर्ब २७ अर्बको कारोबार
यो साता शेयर बजारमा १ खर्ब २७ अर्ब ९० करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भयो । यो एकै सातामा १ खर्ब रुपैयाँभन्दा बढी कारोबार भएको किर्तिमान हो । यसअघि एकै साता शेयर बजारमा १ खर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थिएन ।
यो साता आइतबार २५ अर्ब ७७ करोड रुपैयाँको शेयर किनबच भएको थियो । यस्तै, सोमबार २७ अर्ब २४ करोड रुपैयाँको शेयर कारोबार भएको थियो भने मंगलबार २१ अर्ब ५१ करोड रुपैयाँको शेयर किनबेच भएको थियो ।
यसैगरी बुधबार २३ अर्ब ४३ करोड रुपैयाँको कारोबार भएको थियो । जबकी यो कारोबारको किर्तिमान बिहीबार नै तोडियो । बिहीबार नेप्सेमा २९ अर्ब ९५ करोड रुपैयाँको शेयर किनबेच भयो । यो सातामा मात्रै २ पटक शेयर कारोबारको किर्तिमान बन्यो र तोडियो ।
आइतबार अहिलेसम्मकै उच्च कारोबार भएको थियो । त्यो दिन २५ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएको थियो । सो कारोबारको किर्तिमानलाई विहीबारको झण्डै ३० अर्बको कारोबारले तोड्यो ।
कुन दिन कतिको कारोबार ?
बिहीबार – २९ अर्ब ९५ करोड
बुधबार – २३ अर्ब ४३ करोड
मंगलबार – २१ अर्ब ५१ करोड
सोमबार – २७ अर्ब २४ करोड
आइतबार – २५ अर्ब ७७ करोड
कूल – १ खर्ब २७ अर्ब ९० करोड
प्रतिक्रिया