तोलामा ९ सय रुपैयाँले घट्यो सुनको मूल्य

तोलामा ९ सय रुपैयाँले घट्यो सुनको मूल्य


काठमाडौं – नेपाली बजारमा शुक्रबार सुनकाे मूल्यमा गिरावट आएको छ । बिहीबार स्थिर रहेकाे सुनकाे मूल्य आज तोलामा ९ सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।बिहीबार सुनको मूल्य तोलामा १ लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ । हिजाे प्रतितोला १७ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १७ सय ६० रूपैयाँमा काराेबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढी हाे ।