नबिल बैंकको ब्याजदर स्थिर

नबिल बैंकको ब्याजदर स्थिर


काठमाडौं– नबिल बैंक लिमिटेडले भदौ महिनाका लागि स्थिर राखेको छ । बैंकले भदौ १ गतेदेखि लागू हुने ब्याज अघिल्लो महिनाको ब्याजदरलाई नै निरन्तरता दिएको हो ।

बैंकले साउन महिनामा झै मुद्दती निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत, रेमिटेन्सतर्फ अधिकतम ८ प्रतिशत र संस्थागततर्फ अधिकतम ६ प्रतिशत ब्याजदर कायम छ ।

साधारण बचत खातामा पनि बैंकले ब्याजदर स्थिर राखेको छ । त्यस्तै, साधारण बचत खातामा बैंकले न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म र रेमिटेन्स बचत खातामा ६ प्रतिशत ब्याजदर कायम गरेको हो ।