काठमाडौं– हिमालयन बैंक लिमिटेडले भदौ महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले आज सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो ।
बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागतमा अधिकतम ६ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले रेमिटेन्समा भने १ प्रतिशत बढी ब्याज दिने भएको छ । साउन महिनाका लागि बैंकले व्यक्तिगतमा अधिकतम ७.५०० प्रतिशत र संस्थागतमा ६.५०० प्रतिशत ब्याजदर तोकेको थियो ।
साधारण बचत खातामा बैंकले न्यूनतम ३.२५० बैंकले देखि अधिकतम ५.२५० बैंकलेसम्म ब्याज दिने भएको हो । साउनमा पनि बैंकले यही ब्याजदर कायम गरेको थियो ।
प्रतिक्रिया