काठमाडौं– प्रभु बैंक लिमिटेडले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज सार्वजनिक गरेको ब्याजदरअनुसार विभिन्न खाताको ब्याजदर घटाएको हो ।
बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६ देखि १२ महिना अवधिका लागि ३.१००% १२ महिनादेखि ५ वर्ष अवधिका लागि ४.१०० प्रतिशत र ५ वर्षदेखि माथिका लागि ५.१०० प्रतिशत ब्याजदर कायम गरेको छ । संस्थागतमा ६ देखि १२ महिनाका लागि ३.१००प्रतिशत, १२ महिनादेखि ५ वर्षका लागि ४.१००प्रतिशत र ५ वर्षदेखि माथिका लागि ५.१००प्रतिशत ब्याजदर कायम गरेको हाे ।
साउनमा बैंकले संस्थागतमा ६ प्रतिशत, व्यक्तिगतमा ७ प्रतिशत, प्रभु उन्नती रेमिटेन्समा ८प्रतिशत, स्वर्णीम मुद्दतीमा ७ प्रतिशत र प्रभु रिक्युरिङ फिक्स्ड डिपोजिटमा ७प्रतिशत अधिकतम ब्याजरद तोकेको थियो ।
बैंकले बचत खातामा ३ प्रतिशतदेखि ६ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।
प्रतिक्रिया