यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?


काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राकाे विनिमय दर निर्धारण गरेकाे छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०२ रुपैयाँ र बिक्री दर १३४.६२ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४७.५८ रुपैयाँ छ भने बिक्री दर १४८.२४ रुपैयाँ रहेको छ । आज बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२.३४ रुपैयाँ र बिक्री दर १७३.११ रुपैयाँ रहेको छ ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८.८६ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.२६ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.७१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८७ रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएकाे छ ।

हेर्नुहाेस् आज कुन देशकाे विदेशी मुद्राकाे विनिमय दर कति ?