साढे ६३ लाख बराबरको अवैध सामान बोकेको ट्रक प्रहरीको फन्दामा, राजश्वले अनुसन्धान गर्दै

साढे ६३ लाख बराबरको अवैध सामान बोकेको ट्रक प्रहरीको फन्दामा, राजश्वले अनुसन्धान गर्दै


काठमाडौं – नेपाल प्रहरीले ६३ लाख ५३ हजार रुपैयाँ बराबरको अवैध सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ । प्रहरी कार्यालयले दिएको जानकारीअनुसार जिल्ला प्रहरी कार्यालय बाराले साढे ६३ लाख रुपैयाँभन्दा बढीको अवैध सामान बोकेको ट्रक नियन्त्रणमा लिएको हो ।

अवैध सामाग्री बोकेको ट्रक नियन्त्रणमा लिएर आन्तरिक राजश्व कार्यालय पठाइएको प्रहरीले जनाएको छ । कार्यालयले ट्रकमा राखिएको अवैध सामाग्रीको आयात कम्पनी, आयात प्रक्रिया र आयातको लक्ष्य लगायतका बारेमा अनुसन्धान गर्नेछ । यस्तै आयातीत ट्रकबाट छलिएको करको तथ्यांक समेत राजश्व कार्यालयले निकाल्नेछ ।