१० ठूला वाणिज्य बैंकको अडिट गर्ने जिम्मा केपीएमजीलाई

१० ठूला वाणिज्य बैंकको अडिट गर्ने जिम्मा केपीएमजीलाई


काठमाडौं – १० ठूला वाणिज्य बैंकको अन्तर्राष्ट्रिय लेखापरीक्षण गर्ने अडिटर छनोट भएको छ । केन्द्रीय बैंकले बिहीबार एक सूचना जारी गर्दै साे विषयमा जानकारी दिएकाे हाे ।

केन्द्रीय बैंकको एसेट एन्ड सर्भिस म्यानेजमेन्ट डिपार्टमेन्टकाअनुसार भारतीय कन्सल्टेन्ट केपीएमजी एस्योरेन्स एन्ड कन्सल्टिङ सर्भिसेज चयन भएको हो । सरकारले विस्तारित कर्जा सुविधा लिने क्रममा अन्तर्राष्ट्रिय मुद्रा कोषसँग गरेको प्रतिबद्धताअनुसार विदेशी लेखापरीक्षक छानिएको हो ।

केपीएमजीले कर्जा पोर्टफोलियोका आधारमा देशका १० ठूला बैंकको लेखापरीक्षण गर्नेछ । केन्द्रीय बैंकले आशयपत्र माग गरेको कम्पनीहरुमध्ये ५ कम्पनीबाट प्रस्तावना माग गरेको थियो । सार्वजनिक खरिद प्रणालीमार्फत् प्राप्त प्रस्तावहरुमध्ये भारतको केपीएमजी प्राविधिक रुपमा योग्य ठहर भएको हो ।

राष्ट्र बैंक खरिद विनियम, २०७१ (संशोधन सहित) को नियम ७७ अनुसार अब केपीएमजीले मात्र वित्तीय प्रस्ताव पेश गर्न पाउनेछ । केमीएमजीले गर्ने वित्तीय प्रस्ताव भदौ १६ गते खोलिनेछ ।