सर्वोत्तम सिमेन्टको आम्दानी बढ्दा पनि नाफा घट्यो

सर्वोत्तम सिमेन्टको आम्दानी बढ्दा पनि नाफा घट्यो


काठमाडौं – गत आर्थिक वर्षको २०८०/८१ चौथो त्रैमास अर्थात् असार मसान्तसम्म सर्वोत्तम सिमेन्टको खुद नाफा घटेको देखिएको छ । अघिल्लो आवको सोही अवधिमा २१ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले समीक्षा अवधिमा १७ करोड ४२ लाख रुपियाँ नाफा कमाएको छ ।

यो अघिल्लो आवको सोही अवधिको तुलनामा गत आवमा १८.५१ प्रतिशतले कम हो । त्यस्तै, असार मसान्तसम्ममा कम्पनीले ६ अर्ब ३७ करोड ३७ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो आवको तुलनामा १८.४७ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीको यस्तो आम्दानी ५ अर्ब ३८ करोड रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा १८.०५ प्रतिशतले घटेर ७९ कराड ६१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, अन्य आम्दानी २९८।९७ प्रतिशत बढेर ४ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको कुल खर्च भने १३.९८ प्रतिशत घट्न गई ६१ करोड ३७ लाखमा सीमित भएको छ । अघिल्लो आवमा कम्पनीले ७१ करोड ३५ लाख रुपैयाँ खर्च गरेको थियो ।