काठमाडौं – नेपाल राष्ट्र बैंकले २ मनिचेञ्चर कम्पनीको इजाजतपत्र (लाइसेन्स) रद्द गरेको छ । केन्द्रीय बैंकले बिहीबार एक सूचना जारी गर्दै मनिचेञ्जर कारोबार गर्न लाइसेन्स प्राप्त गरी नविकरण नगरेका २ वटा कम्पनीको लाइसेन्स रद्द गरिएकाे जानकारी दिएकाे हाे ।
राष्ट्र बैंकले काठमाडौंको ठमेलमा रहेको रेन्बो मनि एक्सचेञ्ज प्रा.लि. र पुल्चोक ललितपुरमा रहेको कसा मनि एक्सचेञ्ज प्रा.लिको लाइसेन्स रद्द गरेको हो ।
मनिचेञ्चर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौंथो संशोधनसहित) को विनिमय १९को उप विनियम (३) बमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले लाइसेन्स रद्द गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
प्रतिक्रिया