शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्दै मोदी इनर्जी

शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्दै मोदी इनर्जी


काठमाडौं – मोदी इनर्जी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १०० प्रतिशत हकप्रद जारी गर्ने भएकाे हाे ।

साउन ३० गते बसेको संचालक समितिको बैठकले हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो । उक्त प्रस्ताव विद्युत नियमन आयोगमा स्वीकृतिका लागि पेश हुनेछ । आयोगबाट प्रस्ताव पारित भएपछि थप प्रकृया अघि बढ्ने छ ।