सरुवा–बढुवाका लागि मन्त्री र नेताको घर नजानुस् : अर्थमन्त्री पौडेल

सरुवा–बढुवाका लागि मन्त्री र नेताको घर नजानुस् : अर्थमन्त्री पौडेल


काठमाडौं – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सरुवा–बढुवाका लागि मन्त्री र नेताको घर नजान आग्रह गरेका छन् । ललितपुरमा आज आयोजित सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी अधिकृत स्तरीय सेवा प्रवेश तालिम– २०८१ समापन समारोहलाई सम्बोधन गर्दै उनले सरुवा–बढुवामा अन्यथा भए मर्यादित ढङ्गले आफ्ना तर्कहरू राख्न आग्रह गरे ।

साथै, अर्थमन्त्री पाैडेलले सोर्स लगाउने कर्मचारीहरू क्षमताले जतिसुकै सक्षम भए पनि निरीह र कमजोर हुने बताए । उनले पोसाकका आधारमा व्यवहार नगरी सेवाग्राहीका समस्याहरू बुझेर यथोचित ढङ्गले सम्बोधन गर्न निर्देशन दिए ।

उनले आफूलाई असल राष्ट्रसेवक प्रमाणित गर्नका लागि सेवाग्राहीमैत्री व्यवहार गर्नुपर्ने बताए । अर्थमन्त्री पाैडेलले सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्ने र सहज ढङ्गबाट सेवा प्राप्त गर्ने अनुकूल परिस्थिति निर्माण गर्ने काममा ध्यान दिन आग्रह गरे ।