गरिमा विकास बैंकको लकर सुविधामा आर्कषक छुट

गरिमा विकास बैंकको लकर सुविधामा आर्कषक छुट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
गरिमा विकास बैंकले आउँदै गरेको अन्तराष्ट्रिय नारी दिवस २०२२ लाई थप विशेष बनाउन सम्पूर्ण नारीहरुलाई लक्षित गर्दै लकर सुविधामा आर्कषक छुट प्रदान गर्ने भएको छ ।

बैंकले गरिमा नारी बचत खाता र मेरो शेयर बचत खाता खोल्ने सम्पूर्ण महिला ग्राहकलाई प्रदान गर्दै आईरहेको लकर सुविधामा विशेष छुटको व्यवस्था गरेको छ।

आफ्नो बहुमुल्य गरगहना, सामान तथा कागजपत्रलाई सुरक्षीत राख्न भरपर्दो यस गरिमा विकास बैंकको लकर सुविधा अन्तर्गत लकर डिपोजिटमा २५%र वार्षिक लकर शुल्कमा ५०% (पहिलो वर्षको लागि मात्र) छुटको व्यवस्था गरेको बैंकले जनाएको छ ।

यस विकास बैंकका ग्राहकमहानुभावहरुले न्यूरोड शाखा (काठमाडौं), कुमारीपाटि शाखा (ललितपुर), सुर्यविनायक शाखा (भक्तपुर), सभागृह शाखा (कास्की), वगर शाखा (कास्की), नारायणगढ शाखा (चितवन), बुद्धचोक शाखा (चितवन) र धरान शाखा (धरान)मा उपलब्ध विभिन्न आकारका लकरमा उक्त छुट लिन सकिनेछ ।

यस विकास बैंकमा नयाँ वा पहिला नै नारी बचत खाता तथा मेरो शेयर बचत खाता खोल्नुहुने सम्पूर्ण नारी ग्राहकवर्गले उक्त छुट प्राप्त गर्नेछन । हाल, गरिमा विकास बैंक लिमिटेडले ११८ शाखा कार्यालयहरु, २ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरिय सेवा दिदै आईरहेको छ ।