दुई हजारको नोट चलनचल्तीमा ल्याउन भारतको आग्रह, राष्ट्र बैंकद्धारा अस्विकार

दुई हजारको नोट चलनचल्तीमा ल्याउन भारतको आग्रह, राष्ट्र बैंकद्धारा अस्विकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
नेपालमा भारतीय दुई हजारको नोट चलनचल्तीमा ल्याउन भारतीय रिजर्भ बैंकले नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ । परराष्ट्र मन्त्रालय मार्फत भारतले दुई हजारको नोटलाई नेपालमा चलनचल्तीमा ल्याउन आग्रह गरेको हो । नेपालमा घुम्न आउने पर्यटकलाई सयको नोट मात्र ल्याउदा समस्या भएको भन्दै भारतीय रिजर्भ बैंकले सो आग्रह गरेको हो । तर भारतमा प्रतिबन्धित भइसकेको पाँच सय र हजारको करिब सात करोड बराबरको रकम नेपाली बैंकहरुमा रहेकोले सो रकम सटही नगरेसम्म भारतीय दुई हजारको नोट चलनचल्तीमा नआउने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

व्यक्तिहरुसँग भारतीय प्रतिबन्धित नोट कति छ, भन्ने औपचारिक जानकारी नभएपनि बैंकहरुमा भएको सात करोड बराबरको नोट साट्न पटक–पटक आग्रह गरेको तर भारतले नमानेको राष्ट्र बैंकले जनाएको छ । भारतले कालो धन नियन्त्रण भन्दै २०७३ सालमा पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाएर दुई हजारको नोट चलनचल्तीमा ल्याएको थियो ।