काठमाडौं – साताको दोस्रो काराेबारकाे दिन शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २० दशलमव ४६ अंकले घटेर २,६६१ को विन्दुमा कायम भएको छ। आइतबार ११३ दशलमव ४२ अंकले अंकले बढेको बजार आज भने घटेर बन्द भएको हो ।
आज ७० कम्पनीको शेयर मूय बढेको छ भने १६८ कम्पनीको भाउ घटेको छ। आज ३२५ कम्पनीको ४ करोड ७७ लाख ९० हजार ८३७ कित्ता शेयर किनबेच हुँदा १९ अर्ब ६० करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यसदिन सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ६१ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ। कुमारी बैंकको ५५ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३९ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल फानान्सका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ७७ प्रतिशतका दरले कमाएका छन् । मन्दकीनि हाइड्रोका लगानीकर्ताले ८ दशलमव ५८ प्रतिशतका दरले कमाएका छन् । बराही हाइड्रोका लगानीकर्ताले ८ दशलमव १६ प्रतिशतका दरले कमाएका छन्।
आज सबैभन्दा धेरै आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् । यसदिन ११ उपसचूक राताम्य भएका छन्। आज बैंकिङ्ग समूहको ०.०३ प्रतिशत, विकास बैंक समहको २.६९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.२९ प्रतिशतसहित ११ कम्पनीको शेयर घटेको हो।
प्रतिक्रिया