सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँट मिति तय

सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँट मिति तय


काठमाडौं – सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँटकाे मिति तय भएकाे छ। कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार एफपिओ यही बुधबार (साउन १६) गते बाँडफाँटको तयारी भएको हो। एफपिओ बिहान ८ बजे बाँडफाँट गरीने क्यापिटलले जनाएको छ ।

संस्थाले गत साउन ४ गतेदेखि एफपीओ बिक्री खुला गरेको थियो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४६ हजार ७२९.५४५० कित्ता एफपीओ बिक्री खुला गरेको हो ।

एफपीओमा मागभन्दा धेरै आवेदन परेको छ। सीडीएससीको अन्तिम तथ्याङकअनुसार उक्त एफपीओमा १६ लाख ५९ हजार बढीको आवेदन परेको छ।

कम्पनीको अन्तिम तथ्याङकअनुसार एफपीओमा १६ लाख ५९ हजार ०७५ आवेदकबाट कुल २ अर्ब ३८ करोड ६३ लाख ४ हजार रुपैयाँ बराबरको २ करोड ३८ लाख ६३ हजार ४० सय कित्ता शेयर खरिद आवेदन परेको छ।