काठमाडौं – साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजारमा एक घण्टामै ६ अर्ब बढीको कारोबार भएको छ। आज १२ बजेभित्र १ करोड ६० लाख कित्ता शेयर ६ अर्ब १८ करोड रुपैयाँ बढीमा कारोबार भएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अघिल्लो कारोबार दिन आइतबार १५ अर्ब ६९ करोडको कारोबार भएको थियो। सोमबार १२ बजे शेयर बजार सूचक नेप्से अघिल्लो दिनको तुलनामा ३२.९५ अंकले बढेर २७१४.५२ बिन्दुमा पुगेको छ।
साे अवधिमा काराेबारमा आएकामध्ये १३० कम्पनीको शेयर मूल्य बढ्दा १०७ कम्पनीको घटेको छ। यस्तै, ५ कम्पनीको शेयर मूल्य भने स्थिर छ ।
प्रतिक्रिया