नेपाल बैंक र गुडविल फाइनान्सको बोनस सेयर सूचीकृत

नेपाल बैंक र गुडविल फाइनान्सको बोनस सेयर सूचीकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

नेपाल बैंक लिमिटेड र गुडविल फाइनान्स कम्पनी लिमिटेडको बोनस सेयर सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
स्टकका अनुसार दुई कम्पनीको १ करोड ८४ लाख ८० हजार ८१४ दशमलव ७ कित्ता बोनस सूचीकृत भएको हो ।

नेपाल बैंकको १ करोड ७६ लाख ९१ हजार ४६२ दशमलव ७ कित्ता र गुडविल फाइनान्सको ७ लाख ८९ हजार १५२ कित्ता बोनस सूचीकृत भएको हो ।

बैंकको गत पुस २ गते शुक्रबार, सम्पन्न ६२ औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित गरी ३ प्रतिशत नगद लाभांश गरी कुल १७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको थियो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर २१ गते मंगलबार बुकक्लोज गरेको थिष्यो । यसअनुसार मंसिर २० गते सोमबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल बैंक लिमिटेडको सेयर खरीद गरी कायम लगानीकर्ताले मात्र उक्त बोनस पाउनेछन् ।

चुक्ता पूँजी १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार ६२४ रुपैयाँ रहेको बैंकको १४ प्रतिशतका दरले बोनस सेयर वितरणपछि १४ अर्ब ४० करोड ५९ लाख ४ हजार ८३१ रुपैयाँ बैंकको चुक्ता पूँजी पुगेको छ ।

यस्तै गुडविल फाइनान्सको पुस २९ गते सम्पन्न २७ औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफबाट ९.१० प्रतिशत बोनस सेयर र ३.९० प्रतिशत नगद गरी १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

साधारण सभा तथा लाभांश प्रयोजनको लागि फाइनान्सले पुस १६ गतेदेखि २९ गतेसम्म बुकक्लोज गरेको थियो । यसअनुसार पुस १५ गतेसम्म कायम गुडविल फाइनान्सका लगानीकर्ताले मात्रै लाभांश पाउनेछन् ।

चुक्ता पूँजी ८६ करोड ७२ लाख रुपैयाँ रहेको गुडविल फाइनान्सको ९.१० प्रतिशत बोनस सेयर वितरणपछि फाइनान्सको चुक्ता पूँजी ९४ करोड ६१ लाख १५ हजार २०० रुपैयाँ पुगेको छ ।