काठमाडाैं – मौद्रिक नीतिपछिको पहिलो कारोबारकाे दिन आइतबार शेयर बजारमा हरियाली छाएको छ। आज बजार खुलेको केही मिनेटमै नेप्सेमा २ पटक सर्किट ब्रेक लागेकाे थियो। पछि सम्हालिएको बजार ११३ दशलमव ४२ अंकले बढेर २,६८१ को विन्दु कायम भएको छ ।
आज १४८ कम्पनीको शेयर मूल्य बढेको छ भने ८७ कम्पनीको शेयर मूल्य घटेको छ। आज ३१८ कम्पनीको ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ८१ करोडमाथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कुमारी बैंकको शेयर कारोबार भएको छ। आज यस बैंककाे ३६ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ३४ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज वाणिज्य बैंकको ९.८९ प्रतिशत, विकास बैंक समूहको ४.८७ प्रतिशत, फाइनान्स समूहको १.२९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.४६ प्रतिशतले शेयर मुल्य बढेको छ।



About Us
प्रतिक्रिया