दोस्रो सर्किट ब्रेकपछि सम्हालियाे शेयर बजार

दोस्रो सर्किट ब्रेकपछि सम्हालियाे शेयर बजार


काठमाडौं – आइतबार दुई पटक सर्किट ब्रेक लागेपछि सेयर बजार सम्हालिएको छ । बजार खुलेको १ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लाग्यो । २० मिनेटपछि खुलेको बजारमा पुनः १ मिनेटमै थप १ प्रतिशत विन्दु अर्थात् ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको थियो ।

दोस्रो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १२९ अंक बढेर २६९७ मा पुगेको थियो । साढे १२ बजेसम्म नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ८९.१६ अंक (३.४७ प्रतिशत) बढेको छ । यो समयसम्म नेप्से २६५७.३० अंकमा छ भने कारोबार रकम ४ अर्ब २८ करोड माथि छ ।

गत शुक्रबार सार्वजनिक मौद्रिक नीतिले संस्थागत लगानीकर्ताका लागि बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा लिन पाउने कर्जाको २० करोडको सीमा हटाएको छ । जसले गर्दा शेयर बजारमा उत्साह छाएकाे छ ।