काठमाडौं – विगतका केही साता झैँ यो साता पनि शेयर बजारका लागि निकै खास रह्यो। नयाँ सत्ता समीकरणपछि लगानीकर्तामा छाएको उत्साहको माहोल यो साता पनि कायम रह्यो। मौद्रिक नीति लचिलो आउने संकेत, ब्याजदर निरन्तर ओरालो लाग्नु र अर्थतन्त्र सकारात्मक बन्दै जाँदा शेयर बजारका लगानीकर्तामा उत्साह छाएको हो।
साताको पहिलो कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६१.६१ अकंले बढेर २४८५.९४ बिन्दुमा बन्द भएको थियो।आइतबार ३१५ कम्पनीको ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार रुपैयाँको शेयर कारोबार भएको थियो। आइतबार १३ वटै अपसूचकमा हरियाली छाउँदा बैंकिङ्ग समूहको ३.८६ प्रतिशत, विकास बैंक समूहको १.४१ प्रतिशत, फाइनान्स समूहको १.५१ प्रतिशत, होटल तथा पर्यटन समूहको ४.२१ प्रतिशतले शेयर मूल्य बढेको थियो।
साताको दोस्रो कारोबारको दिन सोमबार २ दशलमव १५ अंकले बढेर २,४८८ को विन्दुमा कायम भएको थियो। सोमबार ३०९ कम्पनीको ३ करोड ९७ लाख ५४ हजार ७११ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ९१ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको थियो। त्यसदिन सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको ३६ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।
साताको तेस्रो कारोबारको दिन मंगलबार भारी अंकले बढ्दै शेयर बजारले २५०० को विन्दु क्रस गरेको थियो। मंगलबार शेयर बजार नेप्से परिसूचक ७५ दशलमव ३३ अंकले बढेर २,५६३ को विन्दुमा कायम भएको थियो। त्यसदिन ३१७ कम्पनीको ३ करोड ९७ लाख ९० हजार ८८९ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ११ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको थियो। मंगलबार सबैभन्दा धेरै शिवम् सिमेन्टको २४ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको थियो।
साताको चौथो कारोबारको दिन बुधबार शेयर बजारमा करेक्सन देखिएको थियो । त्यसदिन शेयर बजार दोहोरो अर्थात् २९ दशमव ३२ अंकले घटेर २,५३६ को विन्दुमा कायम भएको थियो । बुधबार दिनभर ३११ कम्पनीको ४ करोड ७ लाख ४७ हजार २२६ कित्ताको शेयर किनबेच हुँदा १६ अर्ब २० करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको थियो। त्यसदिन सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर ३६ करोड ७ लाख रुपौयाँको शेयर कारोबार भएको थियो ।
साताको अन्तिम कारोबारको दिन बिहीबार शेयरबजार ३१ अंकले बढ्दै २५६८.११ को बिन्दुमा कायम भएको थियो । बिहीबार १४३ कम्पनीको शेयर मूल्य बढेको थियो भने ९६ कम्पनीको शेयर मूल्य घटेको थियो । त्यसदिन दिनभरमा ३२० कम्पनीको ३ करोड ५५ लाख ९४ हजार ८६८ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब १३ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार थियो । बिहीबार सबैभन्दा धेरै सानिमा जिआइसी इन्स्योरेन्सको ३४ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।
साताको सुरूको कारोबारको दिन आइतबार २४८५.९४ को विन्दुबाट सुरू भएको शेयर बजार अन्तिम दिनसमम आइपुग्दा २५६८.११ को विन्दुमा पुग्यो। समग्रमा यो साता शेयर बजारमा ८२.१७ अंकको वृद्धि देखियो । गत साता बजारमा १६७ अंकको वृद्धि देखिएको थियो ।
प्रतिक्रिया