तोलामा २४ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – बिहीबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। आज सुन तोलामा २४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४५ हजार रुपैयाँ र तेजाबी सुन एक लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले घटेको छ। मूल्य घटेसँगै चाँदी प्रतितोला एक हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।